Rule 89
बालबालिकाको खोजतलास सेवा
(१) नेपाल सरकारले आवश्यकता अनुसारको सङ्ख्या र स्थानमा देहाय बमोजिमको काम गर्न बालबालिका खोजतलास सेवा सञ्चालन गर्नेछः-

(क) हराएका बालबालिक्राको खोजी गर्न,

(ख) फेला परेका बालबालिकाको परिवारको खोजी र पहिचान गरी परिवारमा पुनर्मिलन गराउन,

(ग) जोखिमपूर्ण, श्रममा संलग्न, बेचबिखन तथा ओसारपसारमा परेका तथा सडक बालबालिकाको उद्धार तथा संरक्षण गर्न ।

(२) उपनियम (१) बमोजिमको काम नेपाल सरकारले प्रदेश सरकार र स्थानीय तहको आपसी समन्वयमा गर्नु पर्नेछ ।